यूएईका प्रधानमन्त्रीले सन् २०२६ मा नयाँ हवाई ट्याक्सी निर्माणको डिजाइन अनुमति दिइसकेका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल, डाउनटाउन, पाम जुमेरा, दुबई मरिनाबाट सजिलै ट्याक्सी चढ्न पाइनेछ।
गुड्ने ट्याक्सीबारे त धेरैलाई थाह नै छ। तर, उड्ने ट्याक्सी भनेपछि आश्चर्यमा पर्नु स्वाभाविक हो।
आकाशमा सररर उडेर गन्तव्यमा जान पाइएला भन्ने कुरा सपना मात्रै थियो। युनाइटेड अरब इमिरेट्स (यूएई)ले मानिसको यो सपना पुरा गरिदिने भएको छ। त्यसका लागि मात्र ३ वर्ष पर्खिए पुग्छ। यूएईको दुबई शहरमा सन् २०२६ मा उड्ने ट्याक्सी सार्वजनिक गर्ने तयारी छ।
प्रधानमन्त्री मोहम्मद बिन रासिद अल मोक्तोमले नयाँ हवाई ट्याक्सी निर्माणका लागि डिजाइनको अनुमति दिइसकेका छन्। अबको तीन वर्षभित्र उड्ने ट्याक्सी सेवा शुरू गर्न आफूहरू प्रतिबद्ध रहेको मोहम्मदले बताए। दुबईस्थित सडक तथा यातायात प्राधिकरणले अमेरिकाको जबी एभिएसनसँग मिलेर नयाँ परियोजनामा काम गरिरहेको बताइएको छ। सोमबार मात्रै यूएईका मालिकले सिक्स रोटर इलेक्ट्रिक ट्याक्सीको एक प्रोमोसनल भिडियो पनि सार्वजनिक गरिसकेका छन्।
दुबई एक तीव्र विकास र उच्च सिर्जनात्मक अर्थव्यस्थाको शहर भएको र यहाँ एरियल राइड सेयरिङ सञ्चालनबारे छलफल चलाउन पाउँदा निकै हर्षित भएको जबी एभिएसनको भनाइ छ। क्यालिफोर्नियाको सान्टा क्रुजमा मुख्यालय रहेको जबी एभिएसनले आफूहरू पनि उत्साही रहेको बताएको छ।
सार्वजनिक प्रोमोसनल भिडियोमा उड्ने ट्याक्सीमा एक पाइलट तथा चार जना यात्रुले आरामदायी र सुरक्षित रूपमा सेवा लिनसक्ने दाबी गरिएको छ। प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उड्ने भनिएको सो ट्याक्सी सेवालाई पहिलो चरणमा दुबई शहरका चार वटा प्रमुख क्षेत्रलाई जोड्ने गरी हेलिप्याड सञ्जाल बिस्तार गरिने बताइएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थल, डाउनटाउन, पाम जुमेरा, दुबई मरिनाबाट सजिलै हवाई ट्याक्सी सेवा लिन सकिने बताइएको छ।
यसअघि चीनले पनि दुई जना यात्रु बस्न मिल्ने इलेक्ट्रिक उड्ने ट्याक्सी बनाएको थियो। यस्तै भारतले पनि अवधारणा बनाइसकेको छ। तर व्यावसायिक रूपमै उड्ने ट्याक्सी सञ्चालन गर्ने यूएई पहिलो देश हुने बताइएको छ।
من القمة العالمية للحكومات .. اعتمدنا اليوم تصميم محطات التاكسي الجوي الجديدة في دبي .. والتي ستبدأ عملها خلال ٣ سنوات .. pic.twitter.com/tGQyPFVDUD
— HH Sheikh Mohammed (@HHShkMohd) February 12, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
