फागुन ५ देखि एमालेको पालिकाकेन्द्रित ‘मिसन ग्रासरुट’ अभियान : को नेता कहाँ खटिए?

एक जना केन्द्रीय सदस्यलाई तीन पालिकाको जिम्मेवारी दिइएको छ। उनीहरूले पालिकामा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्ने छन्।

काठमाडौँ– नेकपा एमालेले पार्टी सुदृढीकरण तथा संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ शुरू गर्दै छ।

फागुन ५ देखि दुई महिनासम्म सञ्चालन हुने अभियानका लागि हरेक पालिकामा केन्द्रीय सदस्यलाई खटाइएको छ। एक जनालाई तीन पालिकाको जिम्मेवारी दिइएको छ। उनीहरूले पालिकामा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्ने छन्।

सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते भर्चुअलबाट सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। 

को नेता कहाँ खटिए?