मृत्युपछि पनि बाँच्ने आश

शवलाई यहाँ तबसम्म राखिन्छ जबसम्म मानिसले मृतकलाई पनि ब्यूँताउने प्रविधिको विकास गर्दैनन्। यस्तो प्रविधिको विकास हुने कुरामा मेडिकल क्षेत्रक विश्वास गर्दैन। तर केही मानिस यो सम्भव हुने विश्वास छन्।

तस्वीर: अलकोर

मानिसका शवहरू दोस्रो जीवन पाउने प्रतिक्षामा छन् भन्ने सुन्दा तपाइँ आश्चर्यमा पर्नुहुनेछ। तर केही मानिसका मृत शरीर दोस्रो जीवनको प्रतिक्षामा रहेको कुरा सत्य हो। अमेरिकाको एरिजोना राज्यस्थित एलकोर नामक गैरनाफामूलक कम्पनीमा केही मानिसका शव राखिएका छन्। उनीहरूका लागि जीवन र मृत्यु रोकिएको जस्तै छ। 



मानवजातीले भविष्यमा यस्तो प्रविधिको विकासले गर्नेछन् जसले मृत शरीरलाई बचाउनेछ भन्ने विश्वास गर्ने मानिसहरूले यहाँ शवहरू राख्ने गरेका छन्। कतिपयले आफन्तका शव यहाँ सुरक्षित राखेका छन् केही मृत्युअघि नै यसका लागि मृत्यु तयार थिए। बाँचेका कतिपयले यहाँ आफ्नो शरीर राख्ने प्रतिबद्धता समेत गरिसकेका छन्। अलकोरमा रहेका मानिसका शव जीवित हुने आशा र विश्वासका साथ शवलाई यहाँ सुरक्षित राखिएको हो।



अलकोरमा १९९ वटा शवहरू छन्। तिनलाई नाईट्रोजन भरिएका टंयाकीभित्र राखिएको छ। यसलाई प्रक्रियालाई क्रायोप्रिजर्वेशन भनिन्छ। शवहरूमध्ये सबैभन्दा कम दुई वर्षकी बालिका माथेरिन नाओवारातपाेंग छिन्। सन् २०१५ मा मष्तिस्कको क्यान्सर भएपछि धेरै पटक शल्यक्रिया गर्दा पनि निको नभएका कारण उनको मृत्यु भएको थियो। त्यसपछि उनको परिवारले उनले नयाँ जीवन पाउनेछिन भन्ने आशमा शवलाई त्यहाँ राखेका हुन्। 



यसअघि पनि मिश्रमा हजारौँ वर्ष पहिले मृत्युपछि शवहरूलाई सुरक्षित राख्ने परम्परा थियो। राजा, राजपरिवारका सदस्य र अन्य प्रमुख मानिसहरूको शवलाई ममी बनाएर राख्ने गरिन्थ्यो। मृत्युपछि यिनीहरूको आत्मालाई राम्रो जीवन मिलोस् भन्ने कामनासहित ममी बनाएर राख्ने चलन थियो।



ममी बनाउने क्रममा टाउकोभित्रको दिमागसहित सबै भाग र सहित शरीरका सबै भित्रीभाग निकालेर बाहिरी भाग मात्र छुट्याइन्छ। त्यसपछि शवलाई सोडियम कार्बोनेट, सोडियम बाई कार्बोनेट, सोडियम क्लोराइड र सोडियम सल्फेटको घोल लगाएर सुकाइन्छ। त्यसपछि पनि शरीरभित्र विभिन्न प्रकारका मसला भरेर सुरक्षित गरिन्छ।



ममि बनाउने प्रकियाको तुलनामा क्रायोप्रिजर्वेशन प्रक्रिया निकै फरक छ। कुनै पनि व्यक्तिको मृत्यु भएको कानूनी घोषणापछि मात्र क्रायोप्रिजर्वेशन प्रक्रिया सुरू हुन्छ। यस प्रक्रियामा मृत शरीरबाट रगत र अन्य तरल पदार्थ निकालेर त्यसको स्थानमा एक विशेष प्रकारको रसायन भरिन्छ। त्यस रसायनले बरफबाट हानीकारक कण बन्नबाट रोक्ने काम गर्छ। अत्यधिक कम तापक्रममा शरीरलाई सिसाजस्तो बनाएपछि एलकोर केन्द्रमा ट्ंयाकीभित्र राखिन्छ।



ती शवहरूलाई यहाँ तबसम्म राखिन्छ जबसम्म मानिसले मृतलाई पनि ब्यूँताउने प्रविधिको विकास गर्दैनन्। यस्तो प्रविधि भविष्यमा स‌ंभव हुने उनीहरूको विश्वास छ।



शरीरलाई अलकोरमा राख्न चाहनेले करीब २ लाख डलर खर्च गर्नुपर्नेहुन्छ। केबल दिमागलाई मात्र पनि यहाँ राख्न सकिन्छ। यसका लागि ८० हजार डलर खर्च लाग्छ।



एल्कोर सञ्चालन गर्ने जिवित मानिसहरूले जीवन बिमाका योजनाहरूमार्फत यस कम्पनी चलाईरहेका छन्। कम्पनीलाई त्यहाँको खर्च जति नै रकम उपलब्ध हुँदै आएको छ। साथै,शवलाई मृत्युपछि पनि बचाउन सकिने सोच भएका केही व्यक्तिहरूले पनि आर्थिक सहयोग गर्दै आएका छन्।



एलकोरमा लैजाने परिवारहरूले यस प्रक्रियालाई भविष्यको यात्राका रूपमा लिने गरेका छन्। मृत्यु जीवनको अन्त्य नभएर एक रोग भएको र प्रविधिको विकाससँगै मृतकलाई पनि जिवीत बनाउन सकिने उनीहरूको विश्वास छ।

 

तर मेडिकल क्षेत्रका अधिकांश मानिस यो मान्यतासँग सहमत छैनन्। भविष्यका लागि शवलाई बरफजस्तै जमाएर राख्ने कार्य साइन्स फिक्सन जस्तो भएको भन्दै धेरैले यसलाई अविश्वसनीय भएको बताउँछन्। केबल मनलाई चित्त बुझाउन मात्रै मानिसहरू यस्तो कुरातर्फ आकर्षित भएको मेडिकल क्षेत्रका मानिसहरूको बुझाइ छ।