बर्जुमा दादुरा पुष्टि भएसँगै पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ।
इनरुवा– सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ।
सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमुना परीक्षण गर्दा थप दुई जनामा पनि दादुरा पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।
दादुराको आशंकामा अन्य केही बालबालिकाको पनि नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनको टोलीले जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ। गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी दिन थालिएको प्रमुख प्रसाईँले बताए।
बर्जुमा दादुरा पुष्टि भएसँगै पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
