प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ३ हजार र तेजाबी सुन एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। बुधबारकाे तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ३ हजार र तेजाबी सुन एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको छ। चाँदी तोलामा पाँच रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारका आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य तोक्ने गरेको छ।