अनुसन्धानकर्ताले पोथीको तुलनामा भाले दुम्सी बढी समय बाँच्ने गरेको बताउँछन्। थर्भाल्ड नामको दुम्सी अहिलेसम्मकै बढी समय बाँचेको हो।
सामान्यताः युरोपियन दुम्सीको आयू औसतमा दुईदेखि पाँच वर्ष हुन्छ। तर डेनमार्कमा १६ वर्षको युरोपियन भाले दुम्सी पत्ता लागेको हो। थर्भाल्ड नाम दिइएको सो दुम्सी डेनमार्कको सिल्कबोग शहरमा फेला परेको अक्सफोर्ड विश्वविद्यालयको वन्यजन्तु संरक्षण अनुसन्धान युनिटकी डा. सोफी लन्ड रासमुसेनले बताइन्।
“अनुकूल मौसम पाए दुम्सीहरू १६ वर्षसम्म पनि बाँच्दा रैछन्, यो साँच्चिकै रमाइलो क्षण हो। यतिका वर्षसम्म बाँचेको दुम्सी देखेर म निकै भावुक भएँ। म भावुक भएको देखेर सहकर्मीहरू हाँसिरहेका थिए”, उनले भनिन्।
विश्वविद्यालयका ४०० जना अनुसन्धानकर्ताहरूले जम्मा पारेका ७०० वटा मृत दुम्सीमध्ये थर्भाल्ड पनि एक हो। तर दुर्भाग्यवश थर्भाल्ड वन्यजन्तु संरक्षण क्षेत्रमा एक कुकुरको आक्रमणबाट सन् २०१६ मै मरेको थियो। अधिकांश दुम्सीको मृत्युको कारण नै यस्तै आक्रमण हुने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
यसअघि सन् २०१४ मा ९ वर्षको एउटा पोथी दुम्सी फेला परेको थियो। त्यसअघि पनि एउटा १३ र अर्को ११ वर्षसम्म बाँचेका दुम्सीसमेत पत्ता लागेको थियो। तर थर्भाल्ड भने अहिलेसम्मकै बढी समय बाँचेको दुम्सी भएको पुष्टि भएको हो। अनुसन्धानकर्ताले पोथीको तुलनामा भाले दुम्सी बढी समय बाँच्ने गरेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
