नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ– नुवाकोटमा भएको यात्रुबाहक बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो।
उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। उनका अनुसार दुर्घटनामा दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा २३ जना घाइते भएका छन्। घाइतेहरूमध्ये १२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको उनले बताए। उनका अनुसार अन्यको अवस्था सामान्य रहेको छ। बसमा ३५ जना सवार रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
