अनेराश्ववियुको २३औँ महाधिवेशनअन्तर्गत गएराति भएको मतदानमा एक हजार ५१७ मत खसेको थियो।
काठमाडौँ– नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्।
गएराति भएको मतदानबाट बडाल अध्यक्षमा निर्वाचित भएका हुन्। उनी यसअघि महासचिव थिए। त्यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।
सचिवमा सञ्जीव धिताल, डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईँ, दीपक धामी, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनीता काफ्ले तथा कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भए। अनेराश्ववियुको २३औँ महाधिवेशनअन्तर्गत गएराति भएको मतदानमा एक हजार ५१७ मत खसेको थियो।
नेतृत्व चयनका लागि सहमतिको प्रयास सफल नभएपछि विद्युतीय मतदान गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
