डेनमार्कमा अविवाहित व्यक्तिलाई विशेष गरि २५औँ जन्मोत्सव मनाउने क्रममा दालचिनीको धुलो शरीरमा खन्याइदिएर रमाइलो गर्ने चलन छ।
तपाईँ डेनमार्कमा हुनुहुन्छ र २५ वर्षको पुगेको अविवाहित हुनुहुन्छ भने दालचिनीको धुलोले नुहाउन तयार हुनुहोस्। अनि साथीभाइ र परिवारले दालचिनीको धुलो छर्किदिए भने अनौठो नमान्नु होला।
किनकि यो उनीहरुको परम्परा हो। डेनमार्कमा हामीले खानामा प्रयोग गर्ने दालचिनीको धुलो खन्याइदिने अनौठो चलन छ। २५ वर्ष पुग्दासमेत विवाह नगर्नेलाई यसरी दालचिनीको धुलो छर्किने चलन सयौँ वर्षअघिको हो। शुरूमा टाउकोदेखि खुट्टासम्म पानी खन्याइदिने र त्यसपछि दालचिनीको धुलो शरीरभरि छर्किने गरिन्छ।
विशेष गरि अविवाहित व्यक्तिले २५औँ जन्मोत्सव मनाउने क्रममा साथीभाइले यसरी दालचिनीको धुलो छर्किदिन्छन्। बिहे नगरेको भनेर सजाय दिएको भने होइन बरु सयौँ वर्षदेखि चलिआएको चलनलाई निरन्तरता दिएको मात्रै हो।
जसलाई मनाएर साथी, परिवार तथा आफन्तले रमाइलो गर्ने गर्छन्।
एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
