पर्वत जिल्ला अस्पतालमा सेवा नपाएपछि बिरामीहरू पोखरा र काठमाडौँसम्म पुग्न बाध्य छन्।
पर्वत– जिल्ला अस्पतालमा एक महिनादेखि सुरक्षित प्रसूति सेवा ठप्प बनेको छ। अस्पतालमा दक्ष चिकित्सक नभएपछि सेवा बन्द भएको हो।
यहाँ जलजला, फलेवास, कुस्मा, मोदी, महाशिला र विहादीका सेवाग्राही आउने गर्छन्। बागलुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका लागि पनि नजिकको अस्पताल यही हो। एक महिनायता चिकित्सक नहुँदा प्रसूति गराउन पोखरा, काठमाडौँलगायत ठाउँ पुग्नुपर्ने अवस्था छ।
बिहीबार कुस्मा नगरपालिका–३ आम्बोटकी कुमारी रेग्मीलाई प्रसूति बेथाले च्याप्यो। उनी १० किलोमिटर सडक यात्राबाट गरेर पर्वत अस्पताल पुगिन्। चिकित्सक नभएपछि फर्किएर पोखरा जान बाध्य भएको उनले सुनाइन्। एक महिनाअघि आफूलाई पनि यस्तै समस्या परेको स्थानीय नवराज क्षेत्रीले बताए। जिल्लाका अन्य स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि शल्यक्रिया सेवा नहुँदा पर्वत अस्पतालमै आउनुपर्ने बाध्यता छ। दक्ष चिकित्सक नभएपछि पोखरा तथा काठमाडौँ पठाउनुपरेको अस्पतालले जनाएको छ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीका अनुसार अस्पतालमा कार्यरत डा. हेमन्त बराल तालिममा गएका छन्। अस्पतालमा थप दरबन्दी वा वैकल्पिक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले बताइन्। पर्वत अस्पतालमा यसअघि मासिक ३० देखि ३५ जनासम्मले सुत्केरी सेवा लिँदै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
