नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १७८ पुगेको छ।
काठमाडौँ– नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १७८ पुगेको छ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र मलावी गणतन्त्रका स्थायी प्रतिनिधि एग्नेस मेरी चिम्बीरी–मोलान्डेले सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे। नेपालको स्थायी नियोग न्यूयोर्कमा बिहीबार उक्त हस्ताक्षर भएको हो।
कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा पनि दुवैले हस्ताक्षर गरेको नेपालको स्थायी नियोगले जनाएको छ। सो अवसरमा दुई स्थायी प्रतिनिधिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विपक्षीय सहयोगलाई मजबुत बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए।
साझा हितको संरक्षण र प्रवद्र्धनका लागि राष्ट्र संघलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा अतिकम विकसित देशको भूमिकाबारे पनि छलफल भएको थियो। नेपालले अर्को महिना मलावीबाट एलडीसीको ग्लोबल समन्वय ब्युरोको अध्यक्षको भूमिका सम्हाल्दैछ। दक्षिणी अफ्रिकामा अवस्थित, मलावी पनि भूपरिवेष्ठित देश हो। मोजाम्बिक, जाम्बिया र तान्जानियासँग यसको सिमाना जोडिएको छ।
करिब दुई करोड जनसङ्ख्या रहेको मलावीको कूल क्षेत्रफल एक लाख १८ हजार ४८४ कर्ग किलोमिटर छ। नेपाल र मलावी दुवै असंलग्न आन्दोलन (एनएएम) ७७ को समूह, अतिकम विकसित देशहरू (एलडीसीज) र भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडीसीज) का सदस्य हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
