प्रधानमन्त्री दाहालले जनगुनासो नआउने गरी सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन सरकारी अस्पताललाई आग्रह गरेका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुने गरी ऐन तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दाबी गरे।
शुक्रबार काठमाडौँमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा बोल्दै उनले भने, "वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिम ऐनहरू तर्जुमा गरी स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध छ। त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य र पहलकदमी भइरहेको विषय पनि म यहाँहरू सबैलाई अवगत गराउन चाहन्छु।"
उनले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका काममा थप प्रगति हासिल गर्ने गरी अगाडि बढ्न प्रतिष्ठानलाई निर्देशन दिए। उनले विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गरी मुलुकको समृद्धिको यात्रालाई सुनिश्चित गर्न सरकार लागि परेको उल्लेख गर्दै त्यसमा स्वास्थ्य क्षेत्रको पनि रचनात्मक एवं सकारात्मक प्रयास, सहयोग र प्रतिबद्धता जरुरी रहेको बताए।
प्रधानमन्त्री दाहालले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीको दुरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीलाई सचेत गराए। उनले जनगुनासो नआउने गरी सेवा प्रवाहको कामलाई चुस्तदुरुस्त बनाउन पनि सरकारी अस्पतालले जोड दिनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
