एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ राजदूत चेन सोङले बालकोट पुगेर शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न चिनियाँ राजदूत ओलीनिवास बालकोट पुगेका छन्। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ओलीलाई भेटेर फर्केलगत्तै चिनियाँ राजदूत चेन सोङ बालकोट पुगेका हुन्।
अध्यक्ष ओलीसँग चिनियाँ राजदूत सोङले शुक्रबार बेलुका शिष्टाचार भेटवार्ता गरेको एमाले नेता विष्णु रिमालले बताए। उनीहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ।
पछिल्लो समय प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिमा सहमति जुटाउनेबारे छलफल भइरहेको छन्। राष्ट्रपति चयनको विषयलाई लिएर दाहाल र ओलीबीचको भेटवार्ता बाक्लिइरहेका बेला चिनियाँ राजदूतको भेटलाई अर्थपूर्ण रूपमा रहिएको छ।
शुक्रबार दिउँसो प्रधानमन्त्री दाहालले बालकोट पुगेर अध्यक्ष ओलीलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै 'आफूहरू एकै ठाउँमा रहेको' बताएका थिए। उनले राष्ट्रपतिका बारेमा 'एक–दुई दिनभित्रै सहमति हुने' सुनाएका थिए।
एमालेले राष्ट्रपति चयनको विषयमा पुस १० गते भएको गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेर जानुपर्ने बताउँदै आएको छ। तर, माओवादी नेताहरूले नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
