दुर्घटनामा जिप चालक केआईसिंह–१ डुम्राकोटका गोविन्द शाही र वडा नं २ जारीमभाडीका धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको छ।
दिपायल– डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार राति भएको दुर्घटनामा जिप चालक केआईसिंह–१ डुम्राकोटका गोविन्द शाही र वडा नं २ जारीमभाडीका धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा थप छ जना घाइते भएका छन्।
घाइतेमध्ये डुम्राकोटका तेज तिरुवा र राधा तिरुवाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए। त्यस्तै डुम्राकोटकै समीर तिरुवा, लक्ष्मी तिरुवा, मीन लुहार र वडा नं २ जारिमभाडीका सुरज तिरुवा सामान्य घाइते छन्।
जिपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए। दिपायलबाट केआईसिंहतर्फ जाँदै गर्दा जिप दुर्घटना भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
