निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।
काठमाडौँ– निर्वाचन आयोगले एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्ने भएको छ।
आइतबार सातौँ निर्वाचन दिवसको अवसर पारेर निर्वाचन व्यवस्थापनलाई कानूनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन मस्यौदा पेश गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।
निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासहरूमा सकारात्मक पहल गर्न सकेको उनको भनाइ छ। “समस्या र चुनौतीलाई समाधान गर्न हालै भएको समीक्षा कार्यक्रममा मार्गदर्शन पनि प्राप्त भएको छ,” न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै थपलियाले भने, “आयोगलाई आएका सुझाव समेटेर आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षमा अग्रसर हुन्छौँ।”
निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने उनको भनाइ छ। २०१५ फागुन सात गते नेपालमा आम निर्वाचन प्रारम्भ भई मतदाताले सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिन्छ। “निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने सबैभन्दा सशक्त माध्यम हो।
आवधिक निर्वाचनले नै प्रतिनिधिमूलक शासन व्यवस्थालाई संस्थागत र मजबुत बनाउँछ,” थपलियाले भने, “यस तथ्यलाई मनन गरी आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएको छ।” आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नारासहित दिवस मनाउँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
