वार्षिक तीन लट च्याउ उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ।
मोरङ– मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन्। विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका छन्।
विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले शुरू भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब ५० लाख आम्दानीको लक्ष्य लिएका छन्। तीन वर्ष मलेसिया बस्दा कमाएको करिब एक लाख ५० हजार लगानी गरी उनले मिहिनेती मसरुम कृषि फर्म शुरू गरेका थिए। हाल कम्पनीमा एक करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ।
तीन कठ्ठा क्षेत्रफलमा तीन वटा प्लास्टिकका टनेलमार्फत शुरू गरिएको च्याउखेती हाल हाल चारवटा पक्की घर बनिसकेका छन् भने थप तीनवटा बन्ने क्रममा छन्। च्याउ उत्पादन हुने पक्की घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन्। एउटा घरमा एक हजार २६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ।
वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ। गर्मीभन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक ९०० किलोसम्म उत्पादन भएको जानकारी दिए।
उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ। हाल थोकमा १५० रुपैयाँका दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए। उत्पादन गरिएको च्याउ हरेक बिहान ४ बजेसम्म इटहरी पुर्याइसक्नुपर्ने र ७ बजेसम्ममा विराटनगर र धरानसम्म पुर्याइसक्नुपर्ने हुन्छ।
दैनिक रूपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्याउन समस्या हुन थालेपछि अब आफैँ पिकअप भ्यान खरिद गर्ने योजना बनाएका छन्। उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिइरहेका छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन्।
सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाइँ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ। सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहेका थिए, तर दुई वर्षअघि उनको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो। हाल उनी काठमाडौँस्थित च्याउको बीउ उत्पादन गर्ने ल्याब सञ्चालन गरिरहेका छन्।
विवेक बोगटीले पनि सोही ल्याबबाट कन्ये जातको च्याउको बीउ लिइरहेका छन्। दुई वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश–१ सरकारले २० लाख अनुदान दिएको उनले सुनाए। डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उनी बताउँछन्।
“वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरूले सरल कर्जा दिन्छ भन्ने सुनेर विराटचोकस्थित कृषि विकास बैंकमा पटक–पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे”, उनले गुनासो गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
