बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल भए पनि ठोस निर्णय नभएको जसपा प्रवक्ता प्रकाश अधिकारीले बताए।
काठमाडौँ– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल शुरू गरेको छ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरूसँग छलफल गर्दै आएको जसपा आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइ आन्तरिक छलफल थालेको हो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए।
“अहिले औपचारिक निर्णय भइसकेको छैन। किनभने कुनै फिचर ‘क्लियर’ भइसकेको छैन। कुनै पनि उम्मेदवारबारे टुंगो पनि लागि सकेको छैन“, उनले भने, “छलफल सबै राजनीतिक दलसँग जारी छ। त्यस अवस्थामा पछि पार्टीले निर्णय गर्छ।“
उनका अनुसार बैठकमा पार्टीको विधान अधिवेशनको तयारीका विषयमा पनि छलफल गरिएको थियो। विधान अधिवेशन र त्यसको समय तालिकासहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताए। “पार्टीको आजको बैठकमा मुख्यतया पार्टीको विधान अधिवेशन र त्यसको समयको सवाल र समसामयिक राजनीतिका विषयमा छलफल भयो“, उनले भने।
सरकारलाई समर्थन गरेको जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ। यही फागुन २५ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
