इन्टरनेटमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सेवा अवरुद्ध भएको छ।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको इन्टरनेटमा समस्या आउँदा सेवा अवरुद्ध भएको छ।
इन्टरनेटको समस्या आउँदा सेवा प्रभावित भएको अध्यागमन विमानका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए। अध्यागमनको सेवा प्रभावित हुँदा यात्रुहरूलाई मर्का परेको छ।
“सर्भरमा समस्या भएको होइन, टीआईएमा इन्टरनेटको समस्या हुँदा सेवा अवरुद्ध भएको छ”, उनले भने, “समस्या समाधानको प्रयास भइरहेको छ।"
यसअघि सरकारी सर्भर डाउन हुँदा विमानस्थल लगायतको सेवा अवरुद्ध भएको थियो। बेलाबेलामा सरकारी सर्भर डाउन हुँदा सेवाग्राहीले समस्या खेप्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
