प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ रद्द गरिएको बताएका छन्।
काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ रद्द गरेको छ। सोमबार थाइ एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउन्ड ह्यान्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए।
उनले सोमबारबाटै थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ बन्द भएको बताए। प्राधिकरणले थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एन्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय गरेको छ। "अब सबै ग्राउन्ड ह्यान्डलिङको काम नेपाल वायुसेवा कम्पनीले नै गर्ने छ। जहाजको प्राविधिक जाँच विमानस्थलमा भएको मेन्टेनेन्स अर्गनाइजेसनबाट हुनेछ", उनले भने।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरसँग सम्बन्धित घुस प्रकरणको अनुसन्धानमा प्राधिकरणको निर्णयले परक नपर्ने पनि बताए। विमानस्थलका महाप्रबन्धक ठाकुरको घुस प्रकरणमा जोडिएको थाइ स्माइल थाइ एयरवेजकै सब्सिडरी कम्पनी रहेको छ। थाइ स्माइलले उडान सञ्चालन सेवा दिए पनि थाइल्यान्डको नियामक निकायबाट इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा रद्द गरिएको प्राधिकरणले बताएको छ।
साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउन्ड ह्यान्डलिङको दिइने प्रावधान रहेको छ। विगतमा थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मत सम्भारको सेवा दिँदै आएको थियो। प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने बक्यौता एक करोड रुपैयाँभन्दा बढी छ।
बन्द भएको थाइ एयरवेजलाई चारवटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एन्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो। तर प्राधिकरणको सोमबारको निर्णयले वार्षिक तीन अर्ब रुपैयाँ बाहिर जानबाट रोकिने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
