परम्परागत लैंगिक भूमिकाबाट माथि उठेर छोरीलाई भविष्य निर्माणको अवसर दिँदै गर्दा कतै छोराहरूको पालनपोषण परम्परागत तरिकाले भइरहेको त छैन?
आजकाल आमाबुवाले आफ्ना छोराछोरीलाई जे बन्न मन लाग्छ त्यही बन्न प्रेरणा दिन्छन्। परम्परागत लैंगिक भूमिकाबाट माथि उठेर छोरीलाई भविष्य निर्माणको अवसर दिँदै गर्दा कतै छोराहरूको पालनपोषण परम्परागत तरिकाले भइरहेको त छैन?
यसबारे सोच्नुभएको छैन भने अब यसबारे सोच्ने बेला आएको छ। सोनोरो झाले आफ्नो पुस्तक ‘हाउ टु रेज अ फेमिनिस्ट सनः मदरहुड, म्यासकुलीनीटी, एन्ड द मेकिङ अफ माइ फ्यामिली’ मा नारीवादी छोराको बारेमा उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, “जुन छोराले आफ्नो आमाका हरेक भावना बुझ्न सक्छ वा सम्मान र माया गर्छ, उसले समाजका अन्य महिला र छोरीहरूलाई पनि सम्मान गर्न जानेको हुन्छ।”
यस्तोमा छोरालाई नारीवादी चिन्तनका साथ पालनपोषण गर्न के गर्न सकिन्छ भन्ने प्रश्न उठ्छ:
उसलाई भावना व्यक्त गर्न दिनुहोस्
सानो छँदा छोरा र छोरी उत्तिकै रुने अध्ययनहरूले देखाएका छन्। तर, जब उमेर बढ्दै जान्छ, छोराहरू रुन छोड्छन्। उनीहरूलाई रिसाउन अनुमति छ तर रुनु हुँदैन। त्यसैले उनीहरू रुन निरुत्साहित हुन्छन्। सानै उमेरमा भावनामाथिको यो बन्देजले तपाईंको छोरालाई आफ्ना भावना अँगाल्न र अरूको आदर गर्नबाट रोक्नसक्छ ।
‘छोरी’ शब्दलाई अपमानका रूपमा प्रयोग नगर्नुहोस्
छोराले कहिलेकाहीँ छोरी हुनु वा छोरीले जस्तै व्यवहार गर्यो भने त्यसलाई नराम्रो नमान्नुहोस्। तपाईंको छोरा हुर्किँदै गर्दा जुन खेल खेल्न इच्छा गर्छ, त्यही खेल खेल्न दिनुहोस्। यो खेल छोरीले खेल्ने, त्यो खेल छोराले खेल्ने भनेर कहिले पनि खेललाई कुनै विशेष लिंगसँग जोडेर नहेर्नुहोस्। प्रायः आमाबुवाले आफ्नो छोरालाई कसैले नजिस्काओस् भन्ने सोचले सानैदेखि छोरामा परम्परागत धारणा बसाउन कोशिस गर्ने अमेरिकाको बेट्स कलेजकी समाजशास्त्री एमिली केनले आफ्नो अनुसन्धानमा पाएकी छन् ।
काम बाँड्नुहोस्
बच्चाले पढेको वा सुनेको भन्दा देखेको कुरा चाँडै टिप्छन् वा सिक्छन्। यदि तपाईंले आफ्नो घरमा पुराना लैंगिक विचारलाई तोड्नुभयो भने तपाईंका बच्चाहरूले त्यो पछ्याउने सम्भावना बढी हुन्छ। मूल रूपमा पुरुषले पनि घरको काम गर्छन् र महिला पनि बाहिरको कामकाज गर्न सक्छन् भन्ने सोचबाटै परिवर्तन गर्न शुरू गर्नुहोस्। एक अध्ययनअनुसार १४ वर्षको उमेरसम्म आमालाई घरायसी काममा सघाउने छोराहरू पछि पनि काम गर्न हिचकिचाउँदैनन्।
अरूको हेरचाह गर्न सिकाउनुहोस्
आफ्नो छोरालाई आफ्नै चिजहरूको मात्र होइन कि अरू घरपालुवा जनावर, साना भाइबहिनी, साथीभाइलगायतको पनि हेरचाह गर्न सिकाउनुहोस्। हेरचाह गर्न जानेका छोराहरूले पछि आफ्ना छोराछोरीको र बुढो हुँदै गएका आमाबुवाको पनि हेरचाह गर्न सक्छन्।
नाइँ भन्न सिकाउनुहोस्
यदि तपाईंले छोरासँग वा छोराको फोटो खिच्दै गर्दा तपाईंको छोराले फोटो खिचाउन मानिरहेको छैन भने उसको भावनाको कदर गर्नुहोस् र फोटो नखिच्नुहोस्। यदि उसले नाइँ भन्दा पनि तपाईंले जबरजस्ती गर्नुभयो भने नाइँ शब्दलाई उसले गलत हिसाबमा बुझ्छ। यदि तपाईंले जबरजस्ती गर्नुभएन भने नाइँ भनेपछि जबरजस्ती गर्नुहुँदैन रहेछ भनेर उसले बुझ्छ।
नारीवादी छोरा हुर्काउँदा ‘नाइँ’ शब्दको अर्थ बुझाउनु एकदमै आवश्यक हुन्छ। यसलाई मौखिक रूपमा मात्रै होइन, दैनिक क्रियाकलापका माध्यमबाट सिकाउनु जरुरी हुन्छ।
टाइम्स अफ इन्डियाबाट अनूदित
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
