छोराहरूको मृत्युपछि श्रीमतीले छाडेर गएको र आफन्तले उपेक्षा गरेको भन्दै बेनी–५ का राहुल विक ओडारमा बसिरहेका छन्।
म्याग्दी– बेनी नगरपालिका–७ स्थित कुरिलाखर्कको सडक छेउमा रहेको ओडारमा एक वृद्ध वर्ष दिनदेखि आश्रय लिइरहेका छन्।
छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेका कारण बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विक ओडारमा बस्न बाध्य भएका हुन्। आफन्तले समेत हेला गरेपछि घर छाडेको उनले सुनाए।
“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ,” उनले भने, “उमेर घर्किएपछि गाउँ फर्किँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्न थालेको हुँ।” उनी फाटेका कपडा ओछ्याएर सुत्छन्। शारीरिक कमजोरीका कारण श्रम गर्न सक्दैनन्। राहुलले जंगलको कन्दमूल र मागेर ल्याएको अन्नबाट दैनिकी चलाइरहेका छन्। सो ओडार बेनी बजारबाट एक किलोमिटर नजिकको दूरीमा छ। “राहुल विक मेरो भैँसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको एक वर्ष भयो,” कुरिलाखर्कका सुरेश ढुंगानाले भने, “काम गर्न सक्दिनँ। मलाई यही ठिक छ भन्नुहुन्छ।”
दिउँसो घाम लागे पनि रातमा चिसो हावा सिधै ओडारभित्र छिर्छ। मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्ने राहुल सुनाउँछन्। राति चितुवाको समेत डर छ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन्। “ओडारमा बसेको देख्ने बित्तिकै खोजीनिती गरेको हो,”, उनले भनिन्, “अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
