राजनीतिशास्त्र, दर्शन र अर्थशास्त्रको अध्ययन गरेका सुनक धेरैको प्रेरणाका स्रोत हुन्। उनको व्यक्तिगत र राजनीतिक उपलब्धिका प्रशंसक धेरै छन्।
बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले मुलुकमा स्थायित्व र एकता कायम गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्नो सरकारलाई हरेक पक्षमा निष्ठावान, व्यावसायिक र जिम्मेवार बनाउने प्रतिबद्धतासमेत गरे। साथै, उनले आर्थिक संकट समाधान गर्ने र पुराना गल्ती सुधार्ने दोहोर्याए।
बेलायतका राजा चार्ल्स तृतीयबाट प्रधानमन्त्रीको औपचारिक नियुक्ति पाएपछि सुनकले पहिलोपटक प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दै मुलुकमा आर्थिक स्थिरता ल्याउने विषयमा तत्काल काम शुरू गर्ने बताए। सुनकले आजैदेखि प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन्।
महामारी र रूस-युक्रेन युद्धका कारण बेलायतले आर्थिक चुनौती भोगिरहेको छ। बेलायतको आर्थिक संकट समाधान गर्न सबैलाई एकताबद्ध हुन आग्रह गर्दै सुनकले मुलुक र पार्टीलाई सँगै अघि बढाउने विषय उच्च प्राथमिकता रहेकोसमेत बताए। बेलायतमा दशकौँयता देखापरेका गम्भीर आर्थिक संकट समाधानको जिम्मेवारी सुनकमाथि छ।
४२ वर्षीय सुनक बेलायतमा दुई सय वर्षयता बनेका सबैभन्दा कान्छा प्रधानमन्त्री हुन्। यस्तै, उनी पहिलो एसियाली र हिन्दु बेलायती प्रधानमन्त्रीसमेत हुन्। कम उमेरमै व्यक्तिगत र राजनीतिक उपलब्धि हासिल गरेका उनी धेरैको प्रेरणाका स्रोत पनि हुन्।
सुनक सन् २०१५ मा बेलायती राजनीतिमा प्रवेश गरेका थिए। उनले लिंकन कलेज, अक्सफोर्ड विश्वविद्यालय, स्ट्यानफोर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्र, दर्शन र अर्थशास्त्रको अध्ययन गरेका छन्।
राजनीतिमा लागेको ७ वर्षमै उनी प्रधानमन्त्री बनिसकेका छन्। यसअघि उनी कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री बोरिस जोनसनको पालामा अर्थमन्त्रीका रूपमा काम गरिसकेका छन्। सात साताअघि लिज ट्रससँग प्रधानमन्त्रीको प्रतिस्पर्धामा हारेका ऋषि पुनः प्रतिस्पर्धामा उत्रिएर विजयी भएका हुन्।
यसवर्षको पहिलो टोरी नेतृत्वको प्रतिस्पर्धामा विजयी भएपछि सुनक प्रधानमन्त्री बनेका हुन्। उनीसँगै प्रधानमन्त्री पदकी उम्मेदवार पेनी मोर्डन्टले पार्टीको नेतृत्वको प्रतिस्पर्धामा टोरी सदस्यहरूबाट साथ नपाएपछि प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन्। त्यसपछि ऋषि नै प्रधानमन्त्री बन्ने पक्का भएको थियो।
सन् २०१९ मा कन्जरभेटिभ पार्टीले आम निर्वाचन जितेयता ऋषि पार्टीका तेस्रो प्रधानमन्त्री हुन्। यसअघि बोरिस जोनसन र लिज ट्रस प्रधानमन्त्री थिए।
बेलायतमा भारतीय मूलका पहिलो प्रधानमन्त्री बनेपछि विश्वभरका भारतीयमा खुशी छाएको छ। भारतीय प्रधामन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो बाइडन, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित विश्वका अधिकांश राष्ट्र प्रमुख र उच्चाधिकारीहरूले सुनकलाई बधाई दिएका छन्।
भारतको पंजाब राज्यका बासिन्दा सुनकका हजुरबुबा-हजुरआमा सन् १९३० को दशकमा पूर्वी अफ्रिकामा बसाइँ सरेका थिए। उनीहरू १९६० तिर बेलायत गएर बसे। सुनकको जन्म सन् १९८० मा बेलायतको पूर्वी तटीय क्षेत्र साउथह्याम्प्टनमा भएको थियो।
तीन पुस्तादेखि नै बेलायत बस्दै आए पनि उनको भारतसँग पारिवारिक र घनिष्ट सम्बन्ध कायमै छ। उनले विवाह पनि भारतीय मूलकी अक्षता मूर्तिसँग गरेका छन्। अक्षता भारतीय अर्बपति उद्योगपति र इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
