प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एक लाख तीन हजार २०० रुपैयाँ थियो। तेजाबी सुन भने प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँ रहेको महासंघले जनाएको छ।  

यता चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ।