श्रमजीवी पत्रकार संघले सञ्चारमन्त्रीलाई बुझायो नौ बुँदे अधिकारपत्र

श्रमजीवी पत्रकार संघले सञ्चारमन्त्री रेखा शर्मालाई विभिन्न मागसहित नौ बुँदे अधिकारपत्र बुझाएको छ।

काठमाडौँ- श्रमजीवी-पत्रकार संघ नेपालले सञ्चारमन्त्री रेखा शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको छ।

आमसञ्चार नीति, पेशा र पेशाकर्मीलाइ आत्मनिर्भर बनाउनुपर्ने लगायतका माग राख्दै संघका अध्यक्ष जन्मदेव जैसीसहितको टोलीले मन्त्री शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको हो। 

अधिकारपत्रमा श्रमजीवी पत्रकारहरूको पारिश्रमिक प्रत्येक २/२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएयता ३ वर्ष बितिसक्दा पनि  पारिश्रमिक वृद्धि नगरिएको उल्लेख गरिएको छ। 

त्यस्तै, ऐन संशोधन, ऐन कार्यान्वयनका लागि संयन्त्र निर्माण, आमसञ्चार नीति, पेशा र पेशाकर्मीलाइ आत्मनिर्भर बनाउनुपर्ने लगायतका विषय सम्बोधनका लागि मन्त्री शर्मालाई पत्र बुझाएको अध्यक्ष जैसीले जानकारी दिए।