विराटनगर उड्न धावनमार्गनजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि मंगलबार उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ। विराटनगर उड्न धावनमार्गनजिकै पुगेको जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।
यात्रु बोर्डिङ पूरा गरी धावनमार्गनजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन। जहाज अहिले पार्किङ–वेमै छ।
जहाज कम्पनीका इन्जिनियरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
