नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको अर्धशतकीय इनिङ्स खेले। उनी १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे।
काठमाडौँ– आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत स्कट्ल्यान्ड र नामिबियाविरुद्धको खेलमा घरेलु टोली नेपालले शतप्रतिशत जित निकालेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले स्कट्लान्डलाई २ विकेटले पराजित गरेको हो।
स्कट्ल्यान्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४. १ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले २ विकेटको जित हात पारेको थियो। यस्तै, दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी भयो।

यस्तै, स्कट्ल्यान्डविरुद्धको पहिलो खेलमा नेपालले ३ विकेटको जित हात पारेको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको अर्धशतकीय इनिङ्स खेले। उनी १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे। करण केसी ३१ रनमा अविजित रहे।
रोहित र करणले नवौँ विकेटको लागि ७५ रनको कीर्तिमानी साझेदारी गरेका थिए। ज्ञानेन्द्र मल्लले ३० बलमा ४ चौकासहित २१ रन बनाए।
कुशल मल्लले १७ र ओपनर आसिफ शेखले १२ रन बनाए। यता, सन्दीप लामिछानेले ९ रन बनाए। स्कट्ल्यान्डका मार्क वाटले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिए। क्रिश गेभ्ब्सले १० ओभरमा १ मेडनसहित ६१ रन खर्चिएर २ विकेट लिए। सफियन सरिफ र माइकल लीस्क र ब्रेन्डन म्याकमुलनले १/१ विकेट लिए।

ओडीआईमा रोहितको सातौँ अर्धशतक
कप्तान रोहितकुमार पौडेलले ओडीआईमा सातौँ अर्धशतक प्रहार गरेका छन्। स्कट्ल्यान्डविरुद्ध उनले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्।
रोहितले यसअघि पपुवा न्यू गिनीविरुद्ध २, अमेरिकाविरुद्ध २ अर्धशतक प्रहार गरेका थिए। यस्तै, युएई, नामिबिया र स्कट्ल्यान्डविरुद्ध १/१ अर्धशतक प्रहार गरेका छन्।
ओडीआईमा सातौँ अर्धशतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि ज्ञानेन्द्र मल्लले ओडीआईमा ७ अर्धशतक पूरा गरेका थिए। उनले शनिबार नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको स्कट्ल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनायो।

स्कट्ल्यान्डका ओपनर जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए। उनले ५० बलमा ९ चौका र २ छक्का प्रहार गरे। ओडीआईमा उनको यो ११औँ अर्धशतक हो।
यता, म्याथु क्रशले ६३ बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए। ब्रान्डन म्याकुलमले ४८ बलमा ३ चौकासहित ३१ रन बनाए। यस्तै, ओपनर काइल कोट्जर र क्रिस्टोफर म्याकब्राइडले २२ रन बनाए। स्कट्ल्यान्डका अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए।
यता, करण केसीले ३ विकेट लिए। उनले ८. १ ओभर बलिङ गर्दै ४२ रन दिए। करण केसीले ओडीआईमा ५० विकेट पूरा गरेका छन्। उनी ओडीआईमा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन्। यसअघि सोमपाल कामी र सन्दीप लामिछानेले ओडीआईमा ५० विकेट पूरा गरेका थिए। ललित राजवंशी र कुशल मल्लको नाममा १/१ विकेट रह्यो।

सन् २०१९ देखि शुरु भएको लिग २ मा स्कट्ल्यान्डको यो अन्तिम खेल थियो। स्कट्ल्यान्डले तीन खेल अगावै प्रतियोगिताको विजेता बनेको थियो। स्कट्ल्यान्डले यो खेलसँगै उपाधि विजेताको ट्रफी पाएको छ।
जितसँगै नेपालले २८ खेलमा १२ जित र १४ हारसहित २६ अंक बनायो। स्कट्लान्डले ३६ खेलमा २४ जित र १० हारसहित ५० अंकमा बनायो।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
