बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। हरेक सात जना पाकिस्तानी नागरिकमध्ये एक जना बाढीबाट पीडित भएको बताइएको छ।
काठमाडौं- बितेका दुई महिनामा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी एक हजार तीन सय १४ जनाको मृत्यु भएको छ। १२ हजार ७०३ जना घाइते भएका छन्।
बाढीबाट तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। हरेक सात जना पाकिस्तानी नागरिकमध्ये एक जना बाढीबाट पीडित भएको बताइएको छ। बितेको २४ घण्टामा बाढीले बगाउँदा २४ जनाको ज्यान गएको र ११५ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ।
देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। उक्त प्रान्तमा १९ जनाले ज्यान गुमाएका छन्। उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा तीन जनाको मृत्यु भएको तथा पञ्जाव प्रान्तमा एक जनाले प्राण त्यागेको र १०७ जना घाइते भएका प्राधिकरणले आइतबार राति जारी गरेको बाढीको अद्यावधिक विवरणमा जनाइएको छ। बलुचिस्तान, गिलगिट र बाल्टिस्तान पनि बाढीको चपेटमा परेका छन्।
खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित छन्। बाढीले तीन हजार ४५७ किलोमिटर सडक बगाएको,१५९ पुल भत्काएको, २० लाख एकडभन्दा बढी क्षेत्रफलमा लगाएको बाली नष्ट भएको, १९५ पसल बगाएको, नौ लाख ५९ हजार ८५८ भन्दा बढी घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेको जनाइएको छ।
हालसम्म ७१ हजार २७५ जनालाई उद्धार गरिएको तथा पाँच लाख १३ हजार ४४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। देशमा आपत्काल घोषणा गरिएको छ। साथै सरकारले बाढीपहिरो प्रतिकार्यसम्बन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ।
बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब ५० करोड डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ। देशका ११८ जिल्ला बाढीको चपेटामा परेसँगै मुलुकको कुल जनसङ्ख्याको करिब ३७ प्रतिशत गरिबीमा धकेलिएको जनाइएको छ। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
