निर्वाचन आयोगले उम्मेदवारप्रति लाञ्छनापूर्ण अभिव्यक्ति प्रकाशन गरेको भन्दै 'नो, नट अगेन' फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ।
काठमाडौँ- निर्वाचन आयोगले उम्मेदवारप्रति लाञ्छनापूर्ण अभिव्यक्ति प्रकाशन गरेको भन्दै 'नो, नट अगेन' फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ। फेसबुक पेज तथा ग्रुपहरूबाट उम्मेदवार रहेका दलका नेताहरूबारे लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाउँदै तत्काल पेज/ग्रुपहरू हटाउन निर्देशन दिएको हो।
"निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूकोबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ," आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
झूठ फेसबुक पेज/ग्रुपहरू सिर्जना गरी नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ।
आयोगले यस्तो कसूर गर्ने व्यक्तिहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने स्मरण गराएको छ। साथै, उक्त फेसबुक पेज/ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने आयोगले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
