जातीय भेदभाव तथा छुवाछूत वा बहुविवाहसम्बन्धी कसुरमा सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ।
काठमाडौँ– राष्ट्रपति तथा उपराष्ट्रपति उम्मेदवार बन्न कुनै लाभको पदमा नरहेको र कम्तीमा ४५ वर्ष पूरा भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ।
‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ अनुसार उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको, लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ।
ऐनले यस प्रयोजनका लागि ‘लाभको पद’ भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद बुझिने स्पष्ट गरेको छ। यस्तै, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवार हुन नपाउने उल्लेख छ।
भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिले पनि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन पाउने छैन।
यसैगरी संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार हुन नपाउने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनमा उल्लेख छ।
साथै उल्लिखित कसुरबाहेक अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठिक नभएको व्यक्ति उम्मेदवार हुन अयोग्य हुनेछ। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने गर्ने तयारी गरेको छ। दुवै पदका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता रहेका छन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभाका ३३४ र प्रदेशका ५५० गरी ८८४ जना मतदाता रहने छन्। प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त छ। विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मताभरका दरले २६ हजार ३८६ गरी कूल ५२ हजार ७८६ मतभार कायम हुनेछ।
फागुन १३ गते बिहान १० देखि दिउँसो तीन बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान नौदेखि अपराह्न दुई बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
