ड्यानी अल्भेसलाई डिसेम्बरमा बार्सिलोनाको एक नाइटक्लबमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनी प्रहरीले पक्राउ गरेको थियो।
स्पेनको अदालतले ब्राजिलियन रक्षक ड्यानी अल्भेसलाई जमानतमा छाड्न अस्वीकार गरेको छ।
३९ वर्षीय अल्भेसलाई डिसेम्बरमा बार्सिलोनाको एक नाइटक्लबमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले पक्राउ गरेको थियो।
उनको वकिलले राहदानी जमानत राखेर र इलेक्ट्रोनिक ट्याग लगाए जमानतमा रिहा गर्न आग्रह गरेका थिए। तर, जामानतमा रिहा गर्दा अल्भेस स्पेन छाडेर भाग्न सक्ने बार्सिलोना अदालतले तर्क गरेको छ।
"अल्भेसलाई जमानतमा छाडेको खण्डमा उनी स्पेन छाडेर भाग्ने जोखिम उच्च छ। आर्थिक अवस्था राम्रो भएकाले उनी जुनसुकै बेला स्पेन छाड्न सक्छन्," अदालतले भनेको छ।
बार्सिलोनाका पूर्वरक्षक अल्भेसले नाइट क्लबमा उपस्थित भएपनि आफूले दुर्व्यवहार नगरेको दाबी गर्दै आएका छन्।
यौन दुर्व्यवहारको आरोप लागेपछि मेक्सिकन क्लब युनिभर्सिटी नेशनल (पुमास) ले अल्भेससँगको सम्झौता रद्द गरेको छ। यदि अल्भेसको अपराध पुष्टि भए कडा सजाय भोग्नु पर्ने हुन्छ।
अल्भेसले बार्सिलोनाबाट ४०८ खेल खेलेका छन्। सन् २००८ देखि २०१६ सम्म ६ ला लिगा उपाधि र तीन च्याम्पियन्स लिग उनले जितेका छन्। उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) र युभेन्ट्ससहित अन्य क्लबहरूबाट पनि खेलेका छन्।
ब्राजिलबाट उनले १२६ खेल खेलेका छन्। उनले कतार विश्वकप २०२२ पनि खेलेका थिए। -एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
