फोटो काठमाडौँको आयोजनामा फागुन १२ देखि फोटोग्राफी महोत्सव हुने भएको छ।
काठमाडौँ- फोटो काठमाडौँको आयोजनामा हुने फोटोग्राफी महोत्सव फागुन १२ देखि शुरू हुने भएको छ।
महोत्सवमा प्रदर्शनका लागि विभिन्न घटनाक्रमका साथै भूराजनीतिक तथा आर्थिक यथार्थका भाष्य र इतिहाससम्बन्धी तस्वीरहरू समेटिएका छन्।
त्यस्तै, महोत्सव अवधिभरि फोटोग्राफर साक्षात्कार तथा संवाद, प्यानल छलफल, अन्तरक्रिया, कार्यशाला, पोर्टफोलियो समीक्षा र नेटवर्किङ कार्यक्रम हुनेछन्।

महोत्सवका अवसरमा आर्टिस्ट रेसिडेन्सी कार्यक्रम समेत सञ्चालन हुनेछ। जसअन्तर्गत रेसिडेन्सी जटायु भल्चर रेस्टुरेन्ट र बर्ड कन्जर्भेसन नेपाल (बीसीएन)सँगको सहकार्यमा पाकिस्तान, नेपाल, स्विडेन, भारतलगायत देशका फोटोग्राफरहरूले नवलपरासीको कावासोतीस्थित अद्वितीय जटायु गिद्ध रेस्टुरेन्टमा ४ हप्ता बिताउनेछन्।
सहभागीहरूले गिद्ध तथा सामुदायिक व्यवस्थित संरक्षण नमुना तथा सह-अस्तित्वका सम्भावनाहरूबारे विभिन्न जानकारी हासिल गर्नेछन्।

महोत्सव फागुन १२ देखि शुरू भई चैत्र १७ सम्म सञ्चालन हुनेछ। त्यस्तै, फागुन १९ देखि २२ सम्म जंगलको विशेष भ्रमणको योजना रहेको फोटो काठमाडौँले जनाएको छ। सो क्रममा महोत्सवमा सहभागी र आगन्तुकले चितवन राष्ट्रिय निकुञ्ज लगायत विभिन्न ठाउँमा भ्रमण गर्नेछन्।
महोत्सवका प्रदर्शनी तथा कार्यक्रम निःशुल्क रहनेछन् ।
सन् २००७ मा फोटोग्राफरहरूको नेतृत्वमा स्थापना भएको फोटोसर्कलले दृश्य एवं कथावाचन, अध्ययन-शिक्षण एवं विभिन्न अभियान सञ्चालन गर्नुका साथै सांस्कृतिक सामग्रीहरू समेत उत्पादन गर्ने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
