कांग्रेस र माओवादीबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको छ।
काठमाडौँ- नेपाली कांग्रेस र नेकपा माओवादीबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको दुई पार्टीको बैठकबाट यस्तो समझदारी बनेको हो। त्यस्तै, पुरानो गठबन्धन ब्युँताएर सोही गठबन्धनबाट राष्ट्रपति बनाउने समझदारी भएको छ।
यसबारे दलहरूले बिहीबार औपचारिक सहमति गर्ने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्।
“हामीले पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताएर त्यही बाट राष्ट्रपति बनाउने समझदारीमा पुगेका छौँ । यसको औपचारिक निर्णय भोलि हुन्छ,” ती पदाधिकारीले भने, “पात्र को हुने भन्ने पनि त्यसपछि टुंगो लाग्छ।”
उनका अनुसार नेपाली कांग्रेस वा एकीकृत समाजवादी जुन दलबाट भए पनि राष्ट्रपति स्विकार्ने सहमति भएको छ।
त्यसअघि बुधबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहितका नेताहरूको छलफल भएको थियो। देउवाले आजै जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।
उता, एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेका छन्। यस्तोमा अब एकीकृत समाजवादीको निर्णायक भूमिका रहने देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
