बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको थियो।
काठमाडौँ– राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै छ।
बिहीबार बिहान ११ बजे पार्टि सभापति शेरबहादुर देउवा निवास धुमबाराहीमा बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने तथा पार्टीको औपचारिक धारणा तय गर्ने कांग्रेसले जनाएको छ।
यसअघि बुधबार कांग्रेस र माओवादी केन्द्रबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा चुनावअघिकै गठबन्धन ब्युँताउने समझदारी भएको छ। बैठकले पुरानो गठबन्धन ब्युँताएर सोही गठबन्धनबाट राष्ट्रपति बनाउने समझदारी गरेको थियो।
यसबारे दलहरूले बिहीबार औपचारिक सहमति गर्ने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए। उनका अनुसार कांग्रेस वा एकीकृत समाजवादी जुन दलबाट भए पनि राष्ट्रपति स्विकार्ने सहमति भएको छ।
त्यसअघि कांग्रेसले कार्यसम्पादन सिमितिको बैठक बोलाएको हो। कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
