धौलागिरि गाउँपालिका–२ लमसुङ मरेनीमा कृषक समूहले ४४ रोपनीमा २० मुरी आलुको बीउ रोपेका छन्। २० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक खेती गरिएको हो।
म्याग्दी– धौलागिरि गाउँपालिका–२ लमसुङ मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयले सामूहिक खेती शुरू गरेका छन्।
लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फाँडेर आलु खेती विस्तार गरेका हुन्। बाँझो जग्गामा एक महिना खनजोत गरेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताइन्। उनका अनुसार, समूहमा आबद्ध १८ जनाले आलुको व्यावसायिक रूपमा सामूहिक खेती गरेका छन्।
यस वर्ष सय रोपनी जग्गामा आलु लगाउने समूहको तयारी छ। समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत आलु खेती विस्तार गर्ने योजना बनाएको छ। मरेनीमा २० मुरी आलुको बीउ रोपिएको हो।
गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रूपमा आलु खेती गरिएको कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिए। “बाँझो जग्गा खनजोत गरेर आलु खेती गरिएपछि त्यहाँको स्वरूप नै फेरिएको छ। यसलाई निरन्तरता दिन स्थानीय कृषक उत्साहित छन्,” थापाले भने, “मौसम अनुकूल भएमा सामूहिक आलु खेतीबाट स्थानीयको आयआर्जनमा ठूलो टेवा पुग्नेछ।”
गाउँपालिकाले चालु आर्थिक वर्षमा आलु पकेट कार्यक्रमका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पालिकामा आवेदन पेश भएकामध्ये छनोट भएको वडा नं २ को सो समूह र वडा नं ६ मराङको कृषि जडीबुटी तथा पशुपन्छी कृषक समूहलाई छ–छ लाख रुपैयाँका दरले बजेट परिचालन गरिने कृषि शाखाले जनाएको छ।
सो रकमबाट बाँझो जग्गामा खेती विस्तारका साथै मिनिटेलर, हलोलगायतका कृषि औजार सहयोग गरिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
