सात दलीय गठबन्धन बन्यो, सरकारमा चार दल मात्रै थिए। फेरि, रास्वपा बाहिरियो। परिस्थितिमा आएको यो परिवर्तनमा व्यापक छलफल अघि बढेको हो। यसकारण नै राष्ट्रिय सहमतिको विषय अघि बढेको हो।
राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन बाँकी हुँदा दलहरूले उम्मेदवारको टुंगो लगाएका छैनन्। सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको छ। माओवादीको यस्तो प्रस्तावकै कारण नेपाली कांग्रेस आफ्नो उम्मेदवारका पक्षमा सहमति जुटाउन मात्र नभइ सत्ता गठबन्धन नै फुटाउन पहल गरिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति कांग्रेस नेताहरू र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुरानो पाँच दलीय गठबन्धन पुनः ब्युँत्याउने सहमति भएको बताइएको छ। तर एमाले गएको पुस १० मा बनेको सत्ता गठबन्धनको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने दाबी गरिरहेको छ। राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतसँग उकालोका लागि बीपी अनमोलले गरेको कुराकानीः
एमालेसँग माओवादीको सहकार्य टुंगिन लागेको हो?
यो त भनिहाल्ने बेला भएको छैन।
बालुवाटारमा चुनावताकाको गठबन्धन ब्युँत्याउने सहमति भयो भनिएको छ। त्यसो हुँदा त एमालेसँगको सहकार्य टुंगिने होला नि?
हिजो कांग्रेसका साथीहरू राष्ट्रपतिका लागि भोट माग्न पो आउनु भएको हो त। हामीले राष्ट्रिय सहमतिकै विषय उठाइरहेका छौँ। त्यो भएन भने अधिकतम् सहमति हुनुपर्छ भनिरहेका छौँ।
अनि कांग्रेससँग गठबन्धन ब्युँत्याउने भन्ने सहमति भएको हो त?
होइन, राष्ट्रपतिको विषयमा कांग्रेसले सबैसँग छलफल गरिरहेको छ। उम्मेदवारी दिने भएकाले उसले सबैसँग कुराकानी गरिरहेको हो। छलफल मात्रै भइरहेको हो, यही भन्ने विषय निर्णय भइसकेको छैन।
अनि, कहिलेसम्म टुंगो लाग्छ त?
आज र भोलिसम्म टुंगो लाग्नै पर्यो नि। उम्मेदवारी दर्ता गर्न अब दुई दिन मात्र बाँकी छ, त्यसअघि त जसरी पनि सहमति हुन्छ नि।
एमालेबाहेकको राष्ट्रिय सहमति भन्ने विषयमा छलफल अघि बढेको होइन त?
राष्ट्रिय सहमति भन्नेबितिक्कै कोही दलबाहेकको त कसरी हुन्छ र! राष्ट्रिय सहमति बन्दा कसरी बन्छ, त्यो नहुँदा अधिकतम् सहमति कहाँनिर हुन्छ भन्ने कुरा न हो। कुनै गठबन्धन ब्युँत्याउने र बनेको गठबन्धन भत्काउने भन्ने विषय नै होइन नि।
एमालेसँगको सहकार्यमा समस्या आएरै प्रधानमन्त्रीले कांग्रेससँग बारम्बार वार्ता गर्नुभएको होइन र?
अहिले नै एमालेसँगको सहकार्यमा समस्या आएको होइन। परिस्थिति केही फेरिएको मात्रै हो। १६९ सांसदको समर्थनको मात्रै सरकार अहिले छैन। पुस १० गतेको सहमतिअनुसार सरकार त १६९ सांसदको समर्थनमा बनेको थियो। प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिँदा २६८ सांसदको समर्थन भयो। सरकारमा भने चार दलको मात्र सहभागिता छ। यो त एमाले र माओवादीको चाहनाको कुरा मात्रै भएन नि। एमालेले माओवादी मन पराउँछ की पराउँदैन वा माओवादीले एमाले मन पराउँछ की पराउँदैन भन्ने छलफल नै होइन। सात दलीय गठबन्धन बन्यो, सरकारमा चार दल मात्रै थिए। फेरि, रास्वपा बाहिरियो। परिस्थितिमा आएको यो परिवर्तनमा व्यापक छलफल अघि बढेको हो। यसकारण नै राष्ट्रिय सहमतिको विषय अघि बढेको हो।
अधिकतम सहमतिमा जाँदै गर्दा राष्ट्रपतिको उम्मेदवारमा माओवादीले कि कांग्रेसलाई, की एमालेलाई समर्थन गर्नुपर्ला नि?
त्यो कुरा त हामी र कांग्रेस वा एमालेले मात्र भनेर हुँदैन। कुनै दुई दल मात्रै भएर सहमति हुँदैन। दुई दल मात्रै मिलेर सरकार बन्न सक्ने त स्थिति नै छैन। सरकार बनाउनदेखि राष्ट्रपतिलगायतका विषयमा पनि दुई दलको मात्रै बहुमत पुग्ने स्थिति छैन। त्यसकारणले अहिले अधिकतम सहमतिको कुरा आएको हो।
माधव नेपालको नाममा माओवादी तयार छ भनिँदै छ, यर्थाथ के हो?
व्यक्तिको विषयमा सकारात्मक र नकारात्मक भन्ने होइन। सकेसम्म हामीले राष्ट्रिय सहमति होस्, नभए अधिकतम् सहमति जहाँ जुट्छ त्यहीँनिर जुटाउँ भन्ने हो। अधिकतम सहमति पनि जुट्न सकेन भने अस्थिरता रहिरहने भयो नि।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
