इजरायली सेनाले चलाएको गोली लागी ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
इजरायली सेनाले वेस्ट ब्यांकमा गोली चलाउँदा ११ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्।
बुधबार बिहान वेस्ट ब्यांकको नाब्लुस शहरमा प्रवेश गरी इजरायली सेनाले गोली चलाएको र विस्फोट गराएको प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।
मृतकमध्ये केही प्यालेस्टिनी लडाकु समूहका सदस्य तथा दुईजना वृद्धसहित अधिकांश सर्वसाधारण रहेको बताइएको छ।
इजरायली सेनाले भने आत्मसमर्पण गर्न नमानेका लडाकु समूहका ३ जना व्यक्तिमाथि गोली चलाइएको दाबी गरेको छ।
इजरायलविरुद्ध काम गरिरहेका सशस्त्र समूहका व्यक्तिको खोजीमा इजरायली सेनाले छापा मार्ने क्रममा कैयौँको ज्यान जाने गरेको छ।
गाजा स्ट्रिपस्थित प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलले आफ्ना नागरिकविरुद्ध गरेका अपराधको निगरानी भइरहेको र आफ्नो धैर्यताको बाँध टुटेको भन्दै चेतावनी दिएको छ।
प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बासका प्रवक्ताले यस्तो खतरनाक कारबाहीका लागि इजरायल जिम्मेवार हुनुपर्ने र यस्तो कार्यले यस क्षेत्रमा विस्फोट र तनाव बढाउने उनले बताए। यस्तै, प्यालेस्टिनी एक वरिष्ठ अधिकारी हुसैन अल शेखले नरसंहारको आरोप लगाएका छन्। -एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
