एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालका अनुसार पहिले माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका नेताहरूबीच छलफल हुँदैछ। त्यसपछि कांग्रेससँग कुराकानी गर्ने तयारी भइरहेको छ।
काठमाडौँ– राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच अहिले केहीबेरमा बैठक हुँदैछ। यो बैठक सकिनासाथ यी तीन दलले साँझ ५ बजेपछि नेपाली कांग्रेससँग पनि छलफल गर्ने भएका छन्।
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पहिले माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरू औपचारिक रूपमा बस्ने र त्यसपछि कांग्रेससँग छलफल गर्ने बताए।
यसअघि बिहीबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सिंहदरबारमा छलफल गरेका थिए। दाहालले आफ्ना पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई साक्षीका रूपमा राखेका थिए भने नेपालले घनश्याम भुसाललाई आफूसँगै राखेका थिए।
छलफलपछि दाहालले राष्ट्रपतिको निर्वाचनबारे टुंगो लागी नसकेको संक्षिप्त प्रतिक्रिया दिएका थिए। उनले पुरानो गठबन्धन ब्युताउने विषय पनि टुंगोमा नपुगेको बताए। “पुरानो गठबन्धन ब्युँताउने विषयमा केही पनि फाइनल भएको छैन”, उनले भने, “१३ गते टुंगिइहाल्छ नि।“
एकीकृत समाजवादी अध्यक्ष नेपालले राष्ट्रपतिबारे विभिन्न विकल्पमा छलफल भइरहेको र भोलिसम्ममा टुंगोमा पुगिने प्रतिक्रिया दिए। उनले आफूहरूले विभिन्न विकल्पबारे छलफल गरिरहेको बताएका थिए।
तर, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहालले आफूलाई धोका दिन नमिल्ने सार्वजनिक प्रतिक्रिया दिएका छन्। उनले बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा दाहालले आफूसँग पुस १० गते राष्ट्रपति एमालेलाई दिने सहमति गरेको र त्यसैअनुसार उनी अघि बढ्नु पर्ने प्रतिक्रिया दिएका हुन्। त्यसअघि उनले बिहीबार नै दाहाललाई नै लक्षित गरी हिंसालाई “जनयुद्ध दिवस” मनाउन नहुने प्रतिक्रिया दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
