समिटमा स्वतन्त्र फोटोग्राफर र सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरू एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन्।
काठमाडौँ– बाँकेको नेपालगन्जमा आगामी चैतको पहिलो साता 'नेपाल फोटोग्राफी समिट' गरिने भएको छ। तेस्रो नेपालगन्ज फोटो फेस्टिभलको सन्दर्भ पारेर अन्तरालको आयोजना र व्यवस्थापनमा फोटोग्राफी समिट हुन लागेको हो।
आयोजक संस्था अन्तरालका अनुसार समिटमा देशभरबाट १११ जना फोटो पत्रकार र फोटोग्राफर सहभागी हुने भएका छन्। समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, “समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्तादेखि अग्रज व्यक्तित्वहरूको अभूतपूर्व जमघट हुनेछ।“
अन्तरालका अनुसार विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहेका फोटोग्राफर र सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरू एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन्। ‘रिल वाला’ क्यामेरादेखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधिका क्यामेरा, गोप्रोदेखि ड्रोन चलाइरहेको पुस्ताको एकै ठाउँको जमघटले देशव्यापी सन्देश दिने विश्वास लिइएको छ।
समिटमा अन्तरक्रिया, समूह छलफलहरू, फोटोग्राफीका चुनौतीबारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रम आयोजना हुनेछन् । समिटले नेपालगन्ज क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजक संस्थाले विश्वास लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
