उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक दलहरूसँग छलफल जारी रहेका तर निष्कर्षमा पुग्न नसकिएको बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेससहितको पुरानो गठबन्धनलाई ब्युँताउने विषय टुंगोमा पुगी नसकेको बताएका छन्।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक दलहरूसँग छलफल जारी रहेका तर निष्कर्षमा पुग्न नसकिएको बताएका हुन्।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्तामा सहभागी भएका उनले सञ्चारकर्मीमाझ सबै राजनीतिक पार्टीसँग छलफल गरेर मात्रै राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुगिने प्रतिक्रिया दिए।
“एकीकृत समाजवादीसँग राष्ट्रिय राजनीतिक परिस्थिति र मुख्यतः राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा छलफल भयो। अहिलेको छलफल अझै निष्कर्षमा पुगिसकेको छैन। हामी आजै फेरि अर्को बैठक बस्दै छौँ–५ बजेतिर“, उनले भने, “पुरानो गठबन्धन ब्युँताउने विषयमा त्यस्तो केही पनि सहमति भइसकेको छैन। हामीले अरू शक्तिहरूसँग पनि छलफल जारी राखेका छौँ।“
उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि निरन्तर छलफल गरिरहेको बताए।
यसैबीच, कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच बिहीबार अपराह्न ५ बजे बैठक बोलाइएको छ। राष्ट्रपति निर्वाचनबारे निष्कर्षमा पुग्न बैठक बस्न लागिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
