वाङसँगको भेटपछि पुटिनले चीन र रुसबीचको सम्बन्ध योजनाअनुरूप अघि बढिरहेको धारणा राखे। उनले द्विपक्षीय व्यापारमा समेत ऐतिहासिक सहमति जुटेको उल्लेख गरे।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला निर्देशक एवं वरिष्ठ कूटनीतिज्ञ वाङ यीबीचको भेटबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यी दुई नेताको भेटले रुस–चीनबीचको मित्रताको गहिराइको संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको टिप्पणी छ।
‘युक्रेन युद्ध: मस्कोको भ्रमणले चीनले दाबी गरेको तटस्थता धुमिल्यायो’ शीर्षकमा बीबीसीले लेखेको छ, “अन्य देशका नेतासँगको भेटमा लामो टेबलमा टाढै बसेर वार्ता गर्न रुचाउने पुटिन वाङसँग भने हातै मिलाउनसक्ने दुरीमा बसेर कुरा गरे। उनीहरूको बसाइँ, निकटता केलाउँदा गहिरो र आत्मीय मित्रताजस्तो देखिन्थ्यो।“
“सी चिनफिङ प्रशासनले रुसलाई अमेरिकाको अग्रपंक्तिको शत्रु र उत्तर कोरियाजस्तै अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएको एक राष्ट्रका रूपमा हेर्छ। तर भूराजनीतिक उद्देश्यका लागि उपयोगी पनि ठान्छ”, बीबीसी अगाडि लेख्छ, “यसअघि पुटिन फेब्रुअरीमा बेइजिङको भ्रमणमा गएर मुलुक फर्केको केही दिनमै युक्रेनमा आक्रमण गर्दा चिनियाँ सरकारले सर्म मानेन। त्यतिबेला उनीहरूले आफूहरूको ‘असीमित’ सम्बन्धको घोषणा नै गरेका थिए।”
वाङसँगको भेटपछि पुटिनले चीन र रुसबीचको सम्बन्ध योजनाअनुरूप अघि बढिरहेको धारणा राखे। द्विपक्षीय व्यापारमा ऐतिहासिक सहमति जुटेको उनले उल्लेख गरे।
यस्तै, अन्तर्राष्ट्रिय मामिलामा दुई मुलुकबीच सहकार्य जारी रहने बताउँदै पुटिनले चीनप्रति कृतज्ञता व्यक्त गरे। अन्तर्राष्ट्रिय अवस्था जटिल मोडमा पुगेको उल्लेख गरेका पुटिनले चीनसँगको आपसी सम्बन्ध अन्तर्राष्ट्रिय अवस्था सामान्यीकरणका लागि महत्त्वपूर्ण रहेको बताए।
पुटिनसँगको भेटपछि चिनियाँ कूटनीतिज्ञ वाङले पनि दुई देशबीच शान्ति र स्थायित्व कायम गर्नेबारे सहमति जुटेको बताए। उनले “संकट सधैँ अवसर हो” र चीन–रुस सम्बन्ध “अन्य तेस्रो पक्षले असर नपार्ने” बताएका थिए। तर युद्धको पहिलो वार्षिकोत्सवमा रुस भ्रमण गएर शान्ति र स्थायित्वको कुरा गरेको भन्दै धेरैले उनको आलोचना गरेका छन्।

यस्तै, रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभसँगको भेटपछि वाङले आफ्ना मित्रसँग आपसी सहकार्यमा नयाँ सहमति हुनेमा आशावादी रहेको बताएका थिए। दुवै नेताले बहुध्रुवीय अन्तर्राष्ट्रिय नीति अपनाउनुपर्नेमा जोड दिएका थिए।
यस्तै, रुसी विदेशमन्त्री लाभरोभले पनि विश्वमा तनावको स्थितिमा दुई मुलुकबीच एकअर्काको साथ दिने र एकबद्ध हुने विषयमा छलफल भएको बताए। केही महिनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि रुस भ्रमणमा जाने अनुमान गरिएको ‘द गार्डियन’ले लेखेको छ। तर समयबारे स्पष्ट भएको छैन।

बाइडेनको किभ भ्रमण नाटक मात्र
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अमेरिकी राष्ट्रपति जो बाइडेनको किभ भ्रमण ‘नाटकले भरिएको’ भन्दै आलोचना गरेकी छिन्। कुनै नाटक र तयारीबिना किभको भ्रमण गरेर देखाउन उनले बाइडेनलाई चेतावनी दिइन्।
“बाइडेनले रुसलाई जानकारी नगराई र सुरक्षाको प्रत्याभूतिका लागि रुसी पक्षसँग कुराकानी नगरी किभ जाने हिम्मत गर्न सकेनन्” उनले भनिन्, “उनको किभ भ्रमण एउटा नाटक थियो। वास्तवमा एक क्षेत्रमा भएको असफल नाटकजस्तो थियो।”

यसैबीच, राष्ट्रसंघका लागि रुसका स्थायी प्रतिनिधि भसिली नेबेन्ज्याले रुस–युक्रेन युद्ध अन्त्य र शान्तिको प्रयासका लागि वार्ता किभसँग नभएर वासिंटनसँग गर्नुपर्ने बताए। युक्रेनको संकटको कूटनीतिक समाधानका लागि रुस तयार रहेको जानकारी दिँदै बुधबार राष्ट्रसंघको महासभामा नेबेन्ज्याले यसका लागि किभ नभई वासिंटनसँग वार्ता हुनुपर्नेमा जोड दिएका छन्।
“गम्भीर र दीर्घकालीन कूटनीतिक प्रयासबाट संकट समाधानको पक्षमा छौँ भन्ने हामीले बारम्बार दोहोर्याइरहेका छौँ। वर्तमान संकट समाधानको खोजी रुस र नेटोबीचको कुराकानीबाट हुनुपर्छ, रुस र किभसँगको वार्ताबाट होइन”, उनले भने, “किभको साम्राज्यका पछाडि अमेरिकाको हात छ, त्यसैले रुस र सम्पूर्ण पश्चिमाको नेतृत्वमा समाधानको प्रयास आवश्यक छ। तर हाम्रा विरोधी आणविक शक्तिलाई हराएको एक व्यर्थ भ्रमबाट अघि बढ्नै सकिरहेका छैनन्। त्यसै कारण नै हामीले गत वर्ष सैन्य शक्ति प्रयोग गरी विशेष सैन्य कारबाही थालेका हौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
