पुलिसलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो प्रथम केपी ओली कपको अन्तिम चारमा पुगेको छ।
काठमाठौँ– विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब प्रथम केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा पुलिसलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो अन्तिम चारमा पुगेको हो।
सातदोबाटोको जितमा दीपकराज सिंह ठकुरीले दुई गोल गरे। पुलिसका प्रवीन थापाले गरेको गोल भने सान्त्वना साबित भयो। पहिलो हाफको इन्जुरी समयमा दीपकले गोल गर्दै सातदोबाटोलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ४९औँ मिनेटमा प्रवीनले गोल गर्दै पुलिसलाई खेलमा फर्काए।
७१औँ मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए।अब सातदोबाटोले सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम (एनआरटी)बीचको विजेतासँग खेल्नेछ। आर्मी र एनआरटीबीचको खेल शुक्रबार बिहान ११ बजे शुरू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
