नेपालको पर्यटन प्रवर्द्धनका लागि स्थापना गरिएको प्रदर्शनी कक्षमा ३७५ जना विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेका छन्।
काठमाडौँ– इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर ह्विलमा नेपाली मौलिक कला र संस्कृतिको प्रदर्शनी गरिएको छ।
कायरोस्थित नेपाली राजदूतावासद्वारा बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–संगीत प्रस्तुत गरिएको थियो। नेपालको पर्यटन प्रवर्द्धनका लागि स्थापना गरिएको प्रदर्शनी कक्षमा ३७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ।
प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुरी तथा बुद्ध धर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए। नेपालको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित पुस्तिका र पोस्टर वितरण गरिएको थियो।
त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले सो कार्यमा सहयोग गरेका थिए। इजिप्टमा चिकित्सा शिक्षातर्फ करिब ३०० नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ।
उक्त प्रदर्शनीमा नेपालसहित इटाली, जापान, मेक्सिको, पाकिस्तान, ताजकिस्तान, पोर्चुगल, रुस, भियतनाम, स्पेन, श्रीलंका, फिलिपिन्स, अस्ट्रेलिया, बोलिभिया, ब्राजिल, अर्जेन्टिना, थाइल्यान्ड, घानालगायत मुलुकका पर्यटन प्रवर्द्धनसम्बन्धी कक्ष राखिएका थिए।
त्यहाँस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालसहित कूटनीतिक तथा स्थानीय कर्मचारीको सहभागिता थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
