घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला सय र चाँदी १० रुपैयाँले घटेका हो। छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तेजाबी सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँ निर्धारण भएको छ। यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख  दुई हजार ५०० र तेजाबी सुन एक लाख दुई हजार रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार २७५ रुपैयाँ कायम भएको छ। बिहीबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।