बालुवाटारमा बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रस्ताव गरेका हुन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन नेपाली कांग्रेससमक्ष औपचारिक प्रस्ताव गरेका छन्।
शुक्रबार बिहान बालुवाटारमा बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त बैठकमा दाहालले यस्तो प्रस्ताव गरेका हुन्। कांग्रेसले भने राष्ट्रपति कांग्रेसबाटै हुनुपर्ने अडान राखेको थियो।
बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकले नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा अगाडि सार्ने सहमति गर्दै शुक्रबार कांग्रेससँगको बैठक यसलाई प्रस्तावका रूपमा लैजाने निर्णय गरेको थियो। सोहीअनुसार शुक्रबारको बैठकमा दाहालले यो प्रस्ताव गरेका हुन्।
“हामी तीन दलले नै राष्ट्रपतिमा माधव नेपाललाई साझा उम्मेदवार बनाउनुपर्छ भन्यौँ, प्रचण्डजीले पनि माधवजीलाई राष्ट्रपति बनाएर जाऔँ भन्नुभो”, बैठकपछि एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने।
कांग्रेसले भने राष्ट्रपति आफूले पाउनुपर्ने, नेपाललाई भने एक वर्ष प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो। ज्वालाले प्रधानमन्त्रीका विषयमा अहिले केही कुरा नभएको र तीन दलको दाबी राष्ट्रपतिमा माधव नेपाल हुनुपर्छ भन्ने रहेको बताए।
“हामी आ–आफ्नो दलमा आन्तरिक छलफल गर्नका लागि अहिले बैठक सकेर निस्केका छौँ, आन्तरिक छलफलपछि बेलुकी पाँच बजे फेरि संयुक्त बैठक बस्छौँ”, उनले भने, “पहिले राष्ट्रपतिको नाम टुंगो लगाउने हो, त्यसपछि अरू कुरा हुन्छन्।”
माओवादी केन्द्रका एक नेताले भने बिहीबारको सहमतिअनुसार माधव नेपाललाई राष्ट्रपति बनाएर जाऔँ न भन्ने कुरा बैठकमा भएको, तर सहमतिका लागि त्यो सर्त नभएको बताए। “सहमतिका अरू विकल्पमा पनि कुरा भइरहेका छन्, कांग्रेस सहमत भए माधवजी नै राष्ट्रपति बन्नुहुन्छ”, उनले भने, “कांग्रेस राष्ट्रपति छाड्न तयार नभए माधवजीलाई एक वर्ष सरकारको नेतृत्व गर्न दिने कुरा पनि भएको छ। बेलुकीसम्म हामी यसबारे निर्णयमा पुग्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
