चीन, भारत र पाकिस्तानसहित ३२ राष्ट्र तटस्थ बसेका छन्। बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली र निकारागुवाले विपक्षमा मतदान गरेका छन्।
रुसले युक्रेनमा गरेको आक्रमणको विरोध गर्दै युद्ध अन्त्यको आह्वान गरिएको राष्ट्रसंघीय प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ। अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा भएको आकस्मिक र विशेष साधारणसभामा नेपालले युक्रेनको समर्थन गरेको हो।
राष्ट्रसंघमा आबद्ध १९३ देशमध्ये १४१ ले युक्रेनमा युद्ध अन्त्यको पक्षमा मतदान गरेका थिए। चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान, क्युवा, दक्षिण अफ्रिकासहित ३२ राष्ट्र भने तटस्थ बसेका छन्। उता बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुवा, रसिया र सिरिया भने प्रस्तावको विपक्षमा देखिएका छन्।
सभाले पारित गरेको प्रस्तावमा रुसलाई युक्रेनी भूमिबाट तत्काल निशर्त रूपमा सबै सेना फिर्ता गर्न अपिल गरिएको छ। “युक्रेनका पक्षमा मतदान भन्नुको अर्थ नेपाल युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र सम्प्रभुताको पक्षमा उभिएको हो,” संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख राजदूत अमृतबहादुर राईले भने, “हामीले संवाद र कूटनीतिमा जोड दिँदै युक्रेनमा शान्ति स्थापनाको मार्ग पहिल्याउन अनुरोध गरेका हौँ।”
रुसले युक्रेनमा आक्रमण गरेयता विश्वमा आपूर्तिमा समस्या भएको छ। खाद्य असुरक्षा र महँगीका कारण गरिबी बढेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै आएको छ।
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो। युद्धका कारण हजारौँ मानिसको ज्यान गएको छ भने कैयौँ घाइते छन्। युद्ध रोकिनुको साटो झनै बढिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
