नेपाल चिकित्सक संघले डा. अविनाश पराजुलीमाथि गोरखा अस्पतालमा भएको हातपातको भर्त्सना गरेको छ। डा. पराजुलीमाथि अस्पतालमा बिरामी जाँचिरहेको अवस्थामा हातपात भएको थियो।
काठमाडौँ- गोरखा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक अविनाश पराजुलीमाथि भएको हातपातको नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ।
संघले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवारत चिकित्सकमाथि हातपात हुनु दुखद भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा निरन्तर सेवा प्रवाह गरिरहेको अवस्थामा चिकित्सकमाथि नै शारीरिक हातपात, अभद्र व्यवहार र धम्की दिनेजस्ता अत्यन्तै अमानवीय क्रियाकलापले समग्र स्वास्थ्य सेवामा नै नकारात्मक असर पर्ने भएकाले सो घटनामा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कारबाही गर्न र स्वास्थ्य संस्थामा आवश्यक शान्ति-सुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ स्थानीय सुरक्षा निकाय एवं नेपाल सरकार समक्ष जोरदार माग गर्दछ।”
चिकित्सक पराजुलीमाथि कार्तिक ६ गते अस्पतालको बहिरंग विभागमा बिरामी जाँचिरहेको अवस्थामा हातपात भएको थियो।
विज्ञप्तिः

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
