सांसद जनार्दन शर्माले राजनीतिक खिचातानी, लडाइँ लडेर नभई अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभई सहकार्य र सहमति हुनुपर्ने बताएका छन्। शुक्रबार संसद्बाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली कांग्रेसलगायत अन्य दलहरूले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले राजनीतिक खिचातानी, लडाइँ लडेर नभई अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताए।
“हामीले अजेन्डासहित राष्ट्रिय सहमति गर्ने भनेर प्रस्तावअघि सारेका छौँ। त्यो एमालेसँग पनि छलफल हुन्छ, अरू पार्टीहरूसँग पनि छलफल हुन्छ र अहिले तानातानको अवस्था होइन, सहकार्यको अवस्था हो। सहकार्य गरेर जानुपर्छ, राष्ट्रिय सहमति गर्नुपर्छ,” उनले भने, “राजनीतिक खिचातानी, लडाइँ लडेर होइन, अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्छ।“
सांसद शर्माले शुक्रबार साँझ बस्ने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसहितका राजनीतिक दलको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
