एन्फाका कार्यसमिति सदस्यहरूले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गरेका छन्।
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यसमिति सदस्यहरूले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गरेका छन्।
एन्फाका तीन उपाध्यक्षसहित १२ केन्द्रीय सदस्यले शुक्रबार अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र पठाउँदै महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीलाई बर्खास्त गर्न माग गरेका हुन्।
उनीहरूले एन्फाको कार्यसमिति बैठकमा उनीहरूको बर्खास्तीको मागसहितको ६ अजेन्डा राख्न माग गरेका छन्। पत्रको बुँदा 'घ' मा भनिएको छ, "संघको विधान २०७७ संस्करणको धारा ३८ को ६ बमोजिम महासचिव र कोषाध्यक्षको बर्खास्ती सम्बन्धमा।"
उपाध्यक्षहरू विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी, कार्यसमिति सदस्यहरू रवीन्द्रबहादुर चन्द, महेन्द्र क्षेत्री, रुपेश अधिकारी, भोजराज शाही, भरत बुढाथापा, राम जोशी, रमेश व्यञ्जनकार, सरला श्रेष्ठ र पेमा लामाले एन्फा अध्यक्षलाई पत्र लेखेका हुन्। एन्फा केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
