दाहालसँग दुई घण्टा लामो वार्ता सकेर ओली बाहिरिए, बालुवाटारमा चार दलको बैठक जारी

ओली बालुवाटारबाट बाहिरिएसँगै नेपाली कांग्रेससहित चार दलका शीर्ष नेताहरूको बैठक शुरू भएको छ।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग वार्ता गरेर बालुवाटारबाट फर्किएका छन्। संसद् भवनबाट सोझै प्रधानमन्त्री दाहालसँग वार्ता गर्न ओली बालुवाटार पुगेका थिए। 

ओली र दाहालबीच दुई घण्टा लामो वार्ता भएको छ। वार्तामा के–के विषयमा छलफल भयो भन्ने सार्वजनिक भइसकेको छैन। बालुवाटार स्रोतले भने वार्ता निष्कर्षविहीन सकिएको बताएको छ। 

ओली बालुवाटारबाट बाहिरिएसँगै नेपाली कांग्रेससहित चार दलका नेताहरूको बैठक शुरू भएको छ। बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको संयुक्त बैठक बसिरहेको छ।

राष्ट्रपतिलगायतका विषयमा ठोस निर्णय गर्न चार दलबीच छलफल शुरू भएको हो।