नेकपा एमालेले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न भएको टिप्पणी गरेको छ।
काठमाडौँ– नेकपा एमालेले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने आठ दलको निर्णयले देशलाई अस्थिरतातिर लैजाने प्रतिक्रिया दिएको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ बालुवाटारमा भएको आठ दलको निर्णयबाट देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न भएको टिप्पणी गरेका हुन्।
शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको सत्ता पक्ष र प्रतिपक्षी आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो।
बालुवाटारको निर्णयबारे उकालोलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले उपमहासचिव ज्ञवालीले भने, “देश अस्थिरतातिर लैजाने निर्णय हो। किन भने एउटा कोर्स मिलेर अगाडि बढिरहेका बेला दुई महिनामै एउटा कोर्स बनाउने एउटा कोर्स भत्काउने हिजोका प्रतिस्पर्धीलाई मित्र बनाउने हिजोका मित्रहरूलाई शत्रु बनाउने कुराले मुलुकलाई अस्थिरतातिर धकेल्ने काम गरेको छ।“
उनले यो निर्णय नेताहरूको बोलीमा विश्वास हुँदैन भन्ने स्थिति निर्माण गरेको बताए। उनले समग्र घटनाक्रममा देशभित्रका पात्र मात्रै नभई बाह्य शक्तिहरूको पनि चलखेल देखिएको उल्लेख गरे।
उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ जस्ताको तस्तै:
पहिलो, नेपाललाई अस्थिरतातिर लैजाने निर्णय हो। जुन ढंगले कोर्स मिलेर अगाडि बढ्दै थियो। दुई महिनाभित्रमै एउटा कोर्स भत्काउने अर्को कोर्स बनाउने हिजोका प्रतिस्पर्धीहरूलाई मित्र बनाउने, मित्रलाई शत्रु बनाउने यो खालको कुराले मुलुकलाई अस्थिरता धकेल्ने काम गरेको छ।
दोस्रो, राजनीतिमा नेताहरूको विश्वास हुँदैन उनीहरूले बोलेको कुरामा कुनै 'वेइट' नै हुँदैन, उनीहरूले केही कुरा भन्दा पनि विश्वास गर्नु हुँदैन भन्ने स्थिति बनायो। किनभने डेढ महिना अगाडिको सहमतिबाट प्रधानमन्त्री पुरै १८० डिग्री पछाडि फर्किनुभयो। यसले राजनीतिप्रति झन् बढी वितृष्ण जगाउने काम गरेको छ।
तेस्रो, यो समग्र घटनाक्रममा यसभित्रका पात्र मात्रै छैनन्, बाह्य शक्तिहरूको पनि असाध्यै धेरै चलखेल देखिएको छ। त्यसले गर्दा नेपालको आफ्नो राजनीतिक मामिलाहरू आफैँ टुंग्याउने आत्मनिर्णय, सार्वभौम अधिकार हो, त्यो झन् कमजोर हुँदै गएको देखिन्छ। गलत थालनी भयो भन्ने हाम्रो प्रारम्भिक प्रतिक्रिया रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
